Follow @khasokhasmag

२० वर्ष पुराना गाडी फागुन १८ पछि जफत गर्ने….


प्रकाशित मिति : माघ १०, २०७३ सोमबार

वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेको भन्दै यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाउने भएको छ।विगतमा पुराना सवारी साधन चलाउन प्रतिबन्ध लगाउने चर्चा गरिएपनि सो बारे सरकारलेले निर्णय लिन सकेको थिएन ।

अब भने त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ।

यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ। विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन।

यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com