विवाह खर्च बचाएर बिद्यालयलाई सहयोग


प्रकाशित मिति : माघ ९, २०७३ आईतबार

विवाहमा अनावश्यक खर्च गर्ने संस्कार पुरानै हो । विवाहमा कुनै न कुनै रुपमा आनावश्यक खर्च भइरहेको हुन । तर, केही मानिस भने विवाहमा अनावश्यक खर्च गर्दैनन् ।

समाजमा यस्ता युवा पनि छन्, जो विवाह हुने अनावश्यक खर्च बचाएर समाजका लागि केही उदाहरणीय काम गर्छन ।

डोल्पाका एक नव विवाहीत जोडीले विवाह खर्च दुर्गम गाउँको एक बिद्यालयलाइ दिएका छन् । जिल्लाको ग्रामीण भेगमापर्ने माझफाल—८ थरगाउँ निवासि योगेन्द्र बुढा र उनकी धर्मपत्नी राधा महराले विवाह खर्च कटाएर आफ्नै गाँउमा रहेको लक्ष्मी माध्यामिक बिद्यालयलाई दशहजार पचास रुपैयाँ सहयोग गरेकाहुन् ।

नव विवाहीत जोडिले बिद्यालयमा अध्ययन गर्ने ३२ जना दलित, विपन्न तथा अपाङ्गता भएका बिद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरेकाछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com