ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

डेमोक्रेटिक सिनेटरहरु क्रिस्टोफर कुन्स र जुडी चुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा पेश गरेका छन् । पाँचवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको नीतिलाई उल्टाउने उक्त बिलको नाम नो बान एक्ट रहेको छ ।

यो बिल पारित भएमा यात्रा प्रतिबन्ध लगाउने ट्रम्पका तीनवटै भर्सनलाई उल्टाउनेछ । बिल पारित भएमा धर्मका आधारमा हुने विभेदको अन्त्य हुने बिलको स्पोन्सरकर्ताहरुले जनाएका छन् ।

ट्रम्प र ह्वाइट भने यो यात्रा प्रतिबन्ध मुस्लिम प्रतिबन्ध नभएको बताउँदै आएको छ । ट्रम्प प्रशासनको उक्त नीतिले सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई अमेरिकामा आउनमा यात्रा प्रतिबन्ध लगाउँदै आएको छ । यात्रा पतिबन्धबारेको ट्रम्पको तेश्रो कार्यकारी आदेशलाई सर्बोच्च अदालतले गतबर्ष सदर गरेको थियो ।

रिपब्लिकनहरुको बहुमत रहेको सिनेटमा डेमोक्रेटिक सिनेटरहरुले पेश गरेको यो बिल पारित हुनेमा भने आशंका रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com