एसाइलमको अन्तरवार्ता आएन ? अन्तरवार्ताको मिति जान्नुहोस्


प्रकाशित मिति : माघ ८, २०७३ शनिबार

 

यदि तपाईले अमेरिकामा एसाइलमको आवेदन दिनुभएको छ र अन्तरवार्ताको मिति आएको छैन भने अब चिन्ता लिएर बस्नु पर्दैन । त्यो थाहा पाउन अब युएससीआईएसले विशेष टुलको व्यवस्था गरेको छ । जसमार्फत तपाईले आफ्नो अन्तरवार्ता आउने महिनाका बारेमा लगभग जान्न सक्नुहुनेछ ।

युएससीआईएसका अनुशार यदि तपाईले न्युयोर्कमा एसाइलमका लागि आवेदन दिनुभएको छ भने हालका लागि तपाईले अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि झण्डै २६ महिना रहेको छ । युएससीआईएसको एसाइलम डिभिजनले सन् २०१४ को सेप्टेम्बर र अक्टोबरमा आवेदन दिएकाहरुको गत डिसेम्बरमा अन्तरवार्ता लिइसकेको छ भने अहिले सन् २०१४ को नोभेम्बरमा आवेदन दिनेहरुको अन्तरवार्ता लिइरहेको छ । सन् २०१४ को डिसेम्बरमा आवेदन दिएकाहरुको अन्तरवार्ता यही फरबरीमा र सन् २०१५ को जनवरीमा आवेदन दिएकाहरुको अन्तरवार्ता यही मार्चसम्म आइपुग्ने सम्भावना रहेको छ ।

यदि तपाईले भर्जिनियामा एसाइलमका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुनुपर्ने अवधि झण्डै ३५ देखि ३७ महिना रहेको छ । त्यस्तै तपाईले शिकागोमा एसाइलमका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुनुपर्ने अवधि झण्डै ३६ देखि ३८ महिना रहेको छ ।
त्यस्तै तपाईले टेक्सासमा एसाइलका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ३१ देखि ३३ महिना रहेको छ । तपाईले लस एन्जलस क्यालिफोर्नियामा एसाइलमका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ६४ देखि ६६ महिना रहेको छ ।

त्यस्तै तपाईले सान फ्रान्सिस्को क्यालिफोर्नियामा एसाइलमका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि २५ महिना रहेको छ । यदि तपाईले न्युजर्सीमा एसाइलमका लागि आवेदन दिनुभएको छ भने अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ३६ महिना रहेको छ । यदि तपाईले फ्लोरिडामा एसाइलमका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ४३ महिनादेखि ४५ महिनासम्म रहेको छ ।

यसरी हेर्दा एसाइलमका लागि आवेदन दिनेहरुको अन्तरवार्ता सबैभन्दा छिटो न्युयोर्क र सान फ्रान्सिस्कोमा आउने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com