ज्यान गुमाएका मृतकका परिवारकाे लागि साउदीबाट अढाइ करोड परराष्ट्र मन्त्रालयको खातामा
प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ ९सात लाख ९८ हजार पाँच सय ७६ रियाल आएको छ ।
लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए ।
साउदीस्थित नेपाली दुतावासले जनाएअनुुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको छ ।
श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी अरेबिया यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।