तेरियाले जितिन झलक दिखला जा डान्स उपाधि


प्रकाशित मिति : माघ ७, २०७३ शुक्रबार

रुपन्देही रुद्रपुरकी किशोरी तेरिया फौजा मगरले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि हात पारेकी छिन् ।
शनिबार प्रशारणका लागि आज भएको फाइनलमा नृत्यसंगै एसएमएस भोटबाट तेरियालाई विजेता छानिएको बागेश्वरी संगितालय , बुटवलका निर्देशक सुरेश सेन्चुरीले जानकारी गराउनुभएको छ । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै तेरियाले ट्रफी हात पारेकि हुन् ।
तेरीयाका हजुरबुवा कृष्ण फौजा मगरले बुटवलमा पत्रकार सम्मेलन गरेर तेरियालाई जिताउन आह्वान गर्नुभएको थियो । कृष्ण फौजा मगर तेरिया मगर फाउण्डेशनका अध्यक्ष हुन् । हजुरबुवा मगरले नै तेरियालाई तीन वर्षअघिसम्म ४५ किलोमिटर टाढा रुद्रपुरबाट बुटवलमा दिनहु नृत्य सिकाउन ल्याउने गरेको निर्देशक सेन्चुरीले स्मरण गर्नुभयो ।

तेरियाको जित प्रति प्रतिक्रिया दिंदै निर्देशक सेन्चुरीले तेरिया भाग्यशाली र बहुप्रतिभाशाली दुबै गुणले युक्त भएकै कारण जित हासिल गरेको बताउनुभयो ।

डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । उपाधीसंगै तेरियाले ३० लाख भारतीय रुपैयां र कार पाउनेछिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ पनि तेरियाले उपाधी हात पारेकि थिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com