हिसाब खोज्दै कांग्रेस


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो ।

‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भने, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौँ । कहाँ के भएको छ भनेर रहेछ विवरण राख्न माग गरिएको हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com