चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु
प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । देशका केही स्थानहरुमा विहानको समयदेखिनै हावा, हुरी , चट्याङ र पानी परिरहेको छ ।
मोरङकी १० वर्षीया आराधना राजवंशीको हावा, हुरी र वर्षासँगै परेको चट्याङबाट ज्यान गएको हो । चट्याङले उनको छाती डढेको छ । बालिका घर नजिकै चट्याङले लागेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएकाे थियाे ।
बालिकालाई डाक्टरले मृत्त घोषना गरेर पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।