‘सरकारको मिडिया सिध्याउने खेल’


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो ।

‘मिडिया विश्वास र आस्थाको पुँजी हो । सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुने छैनन् । दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोसाइटीले प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com