न्युयोर्कमा ट्याक्सीको ठक्करबाट एकको मृत्यु, दिनेश भट्टराई पक्राउ


प्रकाशित मिति : माघ ६, २०७३ बिहीबार

 

न्युयोर्कको ज्याक्सनहाइटमा ट्याक्सीको ठक्करबाट ६७ बर्षीय हेनरी बोइमेलको मृत्यु भएपछि ट्याक्सी चालक दिनेश भट्टराई पक्राउ परेका छन् ।

ज्याक्सनहाइटको ३७ एभिन्यु र ७६ स्ट्रीटको इन्टरसेक्सनमा भट्टराईले चलाएको ट्याक्सीको ठक्करबाट सडकमा हिडिरहेका यात्रुको मृत्यु भएको हो ।

७६ स्ट्रीटमा दाँयातर्फबा गाडी मोड्न खोज्दा सडकमा हिडिरहेका व्यक्तिलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पीडितलाई तत्काल एल्मस्र्ट अस्पताल लगिएको थियो भने लगत्तै मृत घोषणा गरिएको थियो । भट्टराई उबेर ड्राइभर भएपनि त्यतीबेला एप्लिकेशन भने प्रयोग नगरेको जनाइएको छ ।

पक्राउ परेका भट्टराईलाई कस्तो सजाय हुने भन्नेबारे स्पष्ट भइसकेको छैन ।

तस्विर : डीएनए इन्फो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com