नयाँ शक्तिको ‘आँखा’


प्रकाशित मिति : माघ ६, २०७३ बिहीबार

नयाँ शक्ति पार्टी नेपालले झण्डा र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ । अब नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा र पार्टीको झण्डा रातो पृष्ठभूमिमा पाँचवटा ताराहरु रहनेछन् ।

राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको आज केन्द्रीय कार्यलयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

नयाँ शक्तिको पुरानो चिन्ह तारामा विवाद देखिएपछि यस्तो निर्णय गरेको हो ।  निर्वाचन आयोगले पनि त्यसलाई नमान्ने बताएपछि पार्टीले झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । अब नयाँ चुनाव चिन्ह र झण्डा निर्वाचन आयोगमा पुनः बुझाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com