तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : प्रधानमन्त्री


प्रकाशित मिति : माघ ६, २०७३ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चीनसँग सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन तत्पर रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीचको भेटवार्ताको क्रममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष होङ्ग्वीले बिहिवार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने धारणा राख्नु भएको थियो ।

इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले इन्टरपोललाई धन्यवाद समेत दिनु भएको छ ।

इन्टरपोलका अध्यक्ष होङ्ग्वीले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी संगठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सवल बनाउन इन्टरपोलको तर्फबाट सदैव सहयोग रहने विश्वास दिलाउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com