उद्धारसँगै रक्तदान गर्दै सुरक्षाकर्मी
प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

बारा र पर्सामा हावा हुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरु नै रक्क्तदानमा सक्रिय भएका छन् । अधिकांस सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।
हावा हुरीका कारण बारा र पर्सा गरी बारामा २९ जना र पर्सामा एक जना गरी कुल ३० जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् ।
घाइतेहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन् ।