भयावह आँधी हुरीबाट बारा र पर्सामा गरी मृत्यु हुनेको संख्या २७ पुग्यो,५०० भन्दा बढी घाइते


प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार

आइतबार साँझ आएको डरलाग्दो भयावह आँधी हुरीबाट प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन्।

साँझ आएको आँधी हुरीमा जनधनको ठुलो क्षति भएको जानकारी आएको छ।बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।प्राप्त जानकारी अनुसार बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको छ ।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी ले जनाएका छन्। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको बताइएको छ ।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन्। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोु उनले ट्वीटमा जनाएका छन्।

प्रधानमन्त्रीले दोस्रो ट्वीट गर्दासम्म २५ जना रहेको मृतकको संख्या यो समाचार तयार पार्दा सम्म २७ जना भएको छ।

मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। प्रधानमन्त्रीले दोस्रो ट्विटमा लेखेका छन्।

उनले तेश्रो ट्विटमा लेखेका छन् ; भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com