ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो ।
उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थिए ।
ऋण लिएको दुई लाख रुपैयाँ माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहीनको आरोप लगाउँदै कुटपिट गरेको थियो । घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू र अर्का एक फरार छन् । याे समाचार नयाँ पत्रिकामा गणेश लम्सालले लेखेका छन् |
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।