प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

एसईई परीक्षा अन्तरगत बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षाको प्रश्नपत्र बुधबार राती नै बाहिरिएको पुष्टि भएपछि सो परिक्षा रद्द गरिएको छ ।

परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो । रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने बताइएको छ ।

यसअघि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बिहिवार विज्ञान विषयको परिक्षा अगावै प्रश्नपत्र बाहिरिप बिहिवारै बसेको जिल्ला परीक्षा समन्वय समिति सप्तरीको बैठकले विज्ञान विषयको परीक्षा रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउनु भयो ।

यता प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माका अनुसार बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षामा परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सन्दर्भमा विभिन्न जिल्लाबाट आएको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताउनु भयो ।

सप्तरीमा यसपल्ट कायम गरिएको ३४ वटा परीक्षा केन्द्रबाट ८ हजार ७ सय ९८ परीक्षार्थी परीक्षा दिइरहेका छन् भने विज्ञान विषयको परिक्षा रद्द भएपछि प्रदेश २ मा परिक्षा दिइरहेका ७० हजार ५ सय ६८ विद्यार्थीहरु निराश भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com