करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्णलाई लिएर उपचारका लागि विदेश लागिन् रुपा (फोटो फिचर)


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

समजामा यस्ता धेरै घटनाहरु हुने गर्छन जो कसैले पनि सोचेको हुँदैन भविष्य कस्तो र के हुनेछ भनेर । केहि गरौ , भनेर कयौं सपना बोकेका कृष्ण र रुपाको जिबनमा सायद कसैले नसोचेको यो बज्रपात आई परेको छ।उनीहरु १ वर्ष अगाडी मात्र प्रेम विवाह गरेका थिए भने भविष्यका लागि धेरै सपनाहरु देखेका थिए ।

तर त्यो सपनामा एकाएक बज्रपात आईपरेको छ। अहिले उनीहरुलाई सहयोगको खाचो रहेको छ भने सहयोग जुट्ने क्रम पनि जारि छ।२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।

गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com