नेपाल मेडिसिटी मुलुकको पहिलो एनएबीएच मान्यता प्राप्त हस्पिटल


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

राष्ट्रिय गौरवको रुपमा मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको भन्दै हस्पिटलले खुशी व्यक्त गरेको छ । अस्पताल र स्वास्थ्यसेवा प्रदायकको लागि भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड एनएबीएच (नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थकेयर प्रोभाइडर), गुणस्तर परिषद्को बोर्ड हो जसको उद्धेश्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्ने रहेको छ ।

भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.हरिश नडकर्मीले राजधानीको सोल्टी क्राउन प्लाजामा आज आयोजित एक कार्यक्रममा हस्पिटललाई एचएबीएचको प्रमाणपत्र प्रदान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा वलीको प्रमुख आतिथ्य एवं मुख्य अतिथि उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतका विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सो प्रमाणपत्र ग्रहण गर्न लागिएको अस्पतालका महाप्रबन्धक बिजय रिमालले जानकारी दिनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com