एकसाताको अमेरिका बसाईपछि प्रचण्ड न्युयोर्कबाट नेपाल प्रस्थान


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

झण्डै एकसाता लामो अमेरिका बसाईपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज न्युयोर्कबाट स्वदेश प्रस्थान गर्नुभएको छ । पत्नी सिता दाहालको उपचारका क्रममा एकसाता अगाडि प्रचण्ड छोरी गंगा दाहालका साथमा अमेरिका आउनुभएको हो ।

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट प्रचण्ड स्वदेश फर्कनुभएको हो । उहाँ बिहिबार नेपाल पुग्नुहुने जनाइएको छ ।

अमेरिकाका दुईवटा अस्पतालमा सिता दाहालको चेकजाँच गरेर औषधी परिवर्तन गरिएको छ । नयाँ औषधी चलाउन थालेपछि स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।

अमेरिकामा रहँदा प्रचण्डले विभिन्न राजनीतिक भेटघाट समेत गर्नुभएको थियो । वासिंटन डिसीमा रहेको नेपाली दूतावास र न्युयोर्कमा रहेको राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालयमा प्रचण्डको स्वागत गरिएको थियो ।

त्यस्तै उहाँले अमेरिकी विदेशमन्त्रालयको मध्य र दक्षिण एसिया मामला प्रमुखसँग समेत भेटवार्ता गर्नुभएको थियो । मेरिल्याण्ड राज्य संसदको समेत अवलोकन गर्नुभएका प्रचण्डले अमेरिकामा नेपाली समुदायका विभिन्न व्यक्तित्वसँग समेत भेटघाट गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com