अमेरिकी विदेशमन्त्रालयमा प्रचण्डको स्वागत , मध्य र दक्षिण एसिया मामला प्रमुखसँग भेट


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिकाको भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी विदेशमन्त्रालयका अधिकारी एलिस वेल्सबीच भेटवार्ता भएको छ । अमेरिकी विदेशमन्त्रालयको साउथ एण्ड सेन्ट्रल एसिया ब्यूरोकी प्रिन्सिपिल डेपुटी एसिस्टेन्ट सेक्रेटरी एलिस वेल्सले प्रचण्डलाई विदेशमन्त्रालयमा स्वागत गरेकी हुन् ।

अमेरिकी विदेशमन्त्रालयमा प्रचण्ड र एलिसबीच भेटवार्ता भएको जनाइएको छ । तर भेटमा के कुराकानी भयो भन्ने विषय भने सार्वजनिक गरिएको छैन । एलिस सन् २०१७ को जुन २६ देखि उक्त पदमा कार्यरत रहेकी छिन् । उनले अमेरिकी विदेशमन्त्रालयको दक्षिण र मध्य एसिया ब्यूरोको नेतृत्व गर्दै आएकी छिन् ।

उनको माताहतमा अमेरिकी विदेशमन्त्रालयले अफगानिस्तान, बंगालादेश, भुटान, भारत, काजकास्तान, क्रिग्स्तिान, मालदिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानसँगको अमेरिकी सम्बन्ध र अमेरिकी विदेश नीतिको मामला हेर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयले भने यसबारे केही बताएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com