दालभात तरकारी ४५ लाखमा बिक्री


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको फिल्म ‘दालभात तरकारी’ अस्टे«लियामा ४५ लाखमा बिक्रि भएको छ । अस्ट्रेलियामा विपिन बस्नेत र इराकु लामाले ४५ लाखमा फिल्मको राइट किनेका हुन् ।

दाल भात तरकारी युरोपमा पनि १५ लाखमा बिक्रि भैसकेको निर्माता केसीले जानकारी दिए । अहिलेसम्म विदेशमा सर्वाधिक महंगो रुपमा बिक्रि हुने फिल्मको रुपमा दालभात तरकारीले नयाँ रेकर्ड कायम गरेको छ । यसर्थ फिल्मले रिलिज अगाडि नै आधा लगानी सुरक्षित गरिसकेको निर्माता केसीको भनाई छ ।

यो भन्दा अगाडी अष्ट्रेलियामा ‘छक्का पन्जा’ ३५ लाखमा बिक्रि भएको थियो । अन्य मुलुकमा पनि फिल्मको माग बढी रहेको केसी बताउँछन् ।
फिल्म दाल भात तरकारीको दुई वटा गीत सार्वजनिक भ गरिएको छ । पहिलो गीत ‘भिजिट भिषामा’ले १ करोड ३१ लाख बढी भ्युज पाएको छ । दोस्रो शिर्ष गीतले पनि दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

मल्टीस्टारर फिल्ममा निरुता सिंह, हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com