प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस
प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।
बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।
निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।