वडाअध्यक्षले हेलिकोप्टर चार्टर गरेर बचाए बालकको ज्यान


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गर्नुभएको छ ।, नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्काइरहेको तलाबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भिर घाइते भएका ती बालकलाई स्थानीयले एम्बुलेन्सबाट काठमाडौं लैजाने निधो गरेका थिए । तर वडा अध्यक्ष थापा मगरले भने बालकको अवस्था गम्भीर भएकाले एम्बुलेन्सबाट काठमाडौं पु¥याउन नसक्ने निष्कर्ष निकाल्नै हेलिकोप्टरबाट मात्र बालकको ज्यान बनाउन सकिने निधोमा पुगेका थिए ।

हेलिकोप्टर मार्फत उपचार गर्न काठमाडौं लैजाने त भनें तर साथमा एक रुपैयाँ पनि थिएन, वडा अध्यक्ष थापा मगरले नेपाल समाचारपत्रसँग भन्नुभयो–व्यक्तिगत रुपमा म आफैले तिर्छु भनेर १ लाख ४० हजार पैसा जुटाएर बालकलाई काठमाडौं ल्याउन सफल भएँ ।’ गाउँमा पैसा त जुटयो तर हेलिकोप्टरको चिन्ता थपियो, उहाँले भन्नुभयो ।

थापा मगरले रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठलाई फोन गरेर हेलिकोप्टरका व्यवस्था गरिदिन आग्रह गरे अनुसार सांसद श्रेष्ठले लगत्तै गौश्वरामा हेलिकोप्टर पठाइदिनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८ बर्षिय बालक घर भत्काइरहेको तलमा गएर हेर्ने क्रममा लडे र गम्भिर घाइते भएका थिए । मगरको च्यापुमा गम्भीर चोट लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com