यसवर्ष चार लाख ७५ हजार विद्यार्थीले एसईई परीक्षा दिँदै


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् ।

मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पस्ट पार्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com