आम्नालाई एक्लै छाडेर बिदेश उडे सुदिन । एयरपोर्टमै भावुक बने दुवैजना(भिडियो)


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

पाकिस्तानी युवती सँग विवाह गरेर एकाएक चर्चामा आएका बागलुङका सुदिन आचार्य अहिले फेरि नव दुलही आम्ना सफिकलाई नेपालमै छाडेर रोजगारीको सिलसिलामा प्रोचुगल उडेका छन् ।
बिहिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका सुदिन र आम्नालाई देखेपछि मिडियाले घेरेका थिए । भावुक हुँदै आम्नाले सुदिन आचार्यलाई बिदाई गरेका छन् ।

भिडियो

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली युवा सङ्ग बिहे गरेको पाकिस्तानी युबतिले नेपाली नागरिक पाएकी छन ।बाग्लुङका सुधिन आचार्यसङ्ग प्रेम बिहे गरेकी आमना सफिकले बिधिबत रुपमा नेपाली भएको प्रमाण पाएकी हुन ।सुधिनले आफ्नो सामाजिक संजालबाट सो कुराको जानकारी सबैलाइ दिएका छ्न ।उनले भनेका छन “लामो सरकारी प्रक्रियामा पछि उनि बिधिबत नेपाली भएकी छ, उनलाई बधाइ साथै हामीलाइ सहयोग गर्ने सबैलाई धन्यवाद।

बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् ।
दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् ।पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।दुई वर्षअ घि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् ।नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि अदालत पुगेर विवाह गरेकी हुन् । यसरि सम्भब भएको थियो बिवाहा:एक–अर्काको भाषा नबुझ्ने भएकाले टीकारामले पाकिस्तानको रावलपिण्डीमा बसोबास गर्ने मोहम्मद सफिकलाई चिठी लेखे अनि सफिककी छोरी र आफ्नो छोराको सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न प्रस्ताव राखे ।

फोनमै आमनाले आफ्नो चाहना बताएपछि रावलपिण्डीबाट मोहम्मद सफिकको पनि ग्रिन सिग्नल आयो ।केही वर्ष अघिसम्म अन्तरजातीय विवाहलाई समाजले राम्रो दृष्टिले हेर्दैनथ्यो । यद्यपि अहिले त्यस्तो दृष्टिकोणमा बिस्तारै परिवर्तन आउन थालेको छ । जातीय रूप मा हुने भेदभावमा आधुनिक समाज तथा युवाहरूको सोच एवं चाहनाका कारण नै परिवर्तन आएको हो । नयाँ पुस्ताले स्वतन्त्र रूपमा आफ्नो भावना साट्ने, जीवन साथी छान्ने र जीवन जिउने निर्णय गर्न थालेको छ । यति हुँदाहुँदै पनि फरक धर्ममा विवाह गर्ने कुरा अझै सहज छैन ।

विशेष गरी मुस्लिम समाजमा फरक धर्मसँगको विवाहलाई वर्जित नै गरिएको पाइन्छ । नेपाली मुस्लिमहरू बिस्तारै खुकुलो भए पनि फरक धर्ममा विवाह गर्न भने अझै तयार देखिँदैनन् ।यद्यपि यसै साता बागलुङका एक युवाले पाकिस्तानकी मुस्लिम युवतीसँग विवा ह गरे । पाकिस्तानकी मुस्लिम युवतीले हिन्दू मूलका नेपाली बाहुन युवासँग गरेको विवाहलाई यहाँ धेरैले आश्चर्यका रूपमा लिएका छन् । तीन वर्षअघि पाकिस्तानको रावलपिण्डीबाट आईटी इन्जिनियरिङ गर्न काठमाडौं आएकी आमना सफिकले अमलाचौर, बागलुङ का सुदिन आचार्यसँग विवाह गरेकी हुन् ।

प्राविधिक विषय अध्ययनरत आमना र संगीतका विद्यार्थी सुदिनबीच काठमाडौंमा भेट भएको थियो ।साथीहरूमार्फत भेट भएपछि उनीहरूबीच प्रेम पलायो । उक्त प्रेमलाई भूगोल, जाति, धर्म र संस्कृतिले छेक्न सकेन । आमना काठमाडौंस्थित भद्रकाली आईटी कले जमा अध्ययनरत छिन् ।काठमाडौं बसाईका क्रममा आमनाले नेपाली साथीहरूको संगतमा नेपाली भाषा सिकिन्।साथीहरूकै समूहमा घुम्ने क्रममा संगीतका विद्यार्थी सुदिन आचार्यसँग उनको परिचय भयो।सामान्य चिनजानपछि उनीहरू फेसबुकमा पनि जोडिए। दुई वर्ष देखिको फेसबुक सम्बन्धले उनीहरूलाई दैनिक भेटघाटको न्यास्रो मेटाउने काम गर्‍यो ।

त्यही सम्बन्ध अहिले आएर विवाहमा परिणत भएको छ ।दुई वर्षदेखिको नेपाल बसाइमा आमनालाई नेपाली संस्कृति, भाषा र युवा सबैले लोभ्याए । प्रेम सम्बन्ध झाँगिएपछि आचार्यले आफ्ना बुबा टीकारामलाई त्यसको जानकारी दिए । टीकारामले पनि २५ वर्षअघि प्रेम विवाह नै गरेका थिए । बाहुन परिवारका टीकारामले म्याग्दीकी डिलमाया पुनसँग अन्तर्जातीय विवाह गरेका हुन् । तत्कालीन समयमा परिवार र समाजबाटै बहिस्कृत हुने खतरा मोलेर उनले गरेको विवाहको फड्को छोरासम्म आएको उनको अनुमान छ । छोरा

ले फरक देश, फरक भाषा, फरक धर्म र फरक संस्कृतिमा विवाह गर्न खोज्दा टीकारामले सहजै स्विकार गरे।
तर उनले आमनाका बाबुआमालाई पनि यो कुराको जानकारी गराउनुपर्ने सुझाव दिए । एक–अर्काको भाषा नबुझ्ने भएकाले टीकारामले पाकिस्तानको रावलपिण्डीमा बसोबास गर्ने मोहम्मद सफिकलाई चिठी लेखे अनि सफिककी छोरी र आफ्नो छोराको सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न प्रस्ताव राखे । फोनमै आमनाले आफ्नो चाहना बताएपछि रावलपिण्डीबाट मोहम्मद सफिकको पनि ग्रिन सिग्नल आयो । ‘मैले सबैभन्दा ठूलो कुरा मानवीयता हो, त्यसपछि मात्र जात र धर्म हो भन्ने कुरा बुझाउने प्रयास गरें’ टीकाराम भन्छ न्, ‘मेरो आशय बुझेरै उहाँले स्वभाविक रूपमा विवाहको स्वीकृति दिनुभयो ।’

कागजी रूपमा स्पष्ट भएपछि वडाको सिफारिसमा जिल्ला अदालत बागलुङ पुगेर २३ वर्षीय सुदिन र २२ वर्षीय आमनाले अदालती विवाह गरेका थिए ।नेपालकै ग्रामीण बासिन्दाझैं बोल्न– लेख्न सक्ने भएपछि आमनाले आइतबार अदालत पुगेर विवाह गरेकी हुन्।विवा हका लागि आचार्यका बुबा टीकाराम तथा आमा डिलमाया अदालतमा उपस्थित थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com