आफ्नै छोरीलाई आगो लगाएर मार्ने धम्की दिँदै २ वर्षदेखि बलात्कार


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

पश्चिम रुकुममा पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सानेभेरी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीया ती व्यक्तिले डर, त्रास, धम्की दिँदै आफ्नी १७ वर्षीया छोरीलाई विगत दुई वर्षदेखि बलात्कार गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कसैलाई भनेमा आगो लगाएर मार्न धम्की दिँदै उनले छोरीलाई बलात्कार गर्दै आएको प्रहरी नायब उपरीक्षक समित खड्काले बताउनुभयो । पछिल्लोपटक १ चैतमा उनले छोरीलाई बलात्कार गरेका थिए । पीडित किशोरीकी आमाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

आमा माइत गएको बेला उनी साथीको घर गएर बसेकी थिइन् । छोरीलाई साथीको घरबाट जबर्जस्ती उनले समातेर घर ल्याएका थिए । घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लगेर बलात्कार गरेका निवेदनमा उल्लेख छ । उनलाई जंगलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रकिृया अगाडि बढाएको उपरीक्षक खड्काले बताउनुभयो । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com