बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् ।

घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षे राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे ।

उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरुले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन् । यो समाचार मनोहर पोखरेलले अन्नपूर्णमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com