जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौ रुपैयाँ विपन्न नागरिकलाई आर्थिक सहायता बाड्ने नाममा उडाएका छन् । २०६२ ०६३ पछि बनेका १२ वटा सरकारले तीन अर्ब ९५ करोड रुपैयाँ बाडेको तथ्य निकालिएको छ ।
पूर्वप्रधानमन्त्रीहरू गिरीजाप्रसाद कोइरालाको पालामा ८ करोड, पुष्पकमलदाहल प्रचण्डको पालामा २३ करोड, माधवकुमार नेपालको पालामा १९ करोड २३ लाख रुपैयाँ बाँडिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुारम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा क्रमश १५ करोड ४३ लाख, नौ करोड ३२ लाख र ११ करोड ७७ लाख बाँडिएको छ । त्यस्तै सुशिल कोइरालाको पालामा दुई अब ६७ करोड, केपी ओलीको पालामा ३३ करोड १६ लाख र शेरबहादुर देउवाको पालामा ३० करोड रुपैयाँ बाँडिएको हो । यो खबर आजको राजधानी दैनिकले लेखेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।