हाेलीमा जबर्जस्ती रङ दले तुरुन्तै पक्राउ, तीन हजार सुरक्षाकर्मी परिचालन हुने


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिनेछन् । ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन् । २० वटा मोबाइल गाडीले गस्ती गर्नेछ । जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिनेछ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले होली पर्वमा सुरक्षा व्यवस्था मजवुद पारिएको बताए । उनले भने, ‘होली पर्वको सुरक्षाका लागि सबै तयारी गरेका छौँ । खुलेर होली पर्व मनाउँदा हुन्छ । तर, जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधिमा संलग्न हुनेलाई भने प्रहरीले पक्राउ गर्नेछ ।’ याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com