२ बर्ष देखि अस्पतालको बेडमा : सहयोग रकम पाएपछि डाँको छोडेर रोईन चेली तामाङ्ग
प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु ।
काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।
परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चकनाचुर भयो । चेलीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो ।
२०७३ साल चैत २५ गते मलेसियाबाट फर्केका उनी सिकै नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई भेट्न पुगे । नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।
उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् ।श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।
अनलाइन टिभी नेपालको परिवार सहयोगी मनसग सहयोग पैसा लिएर चेली तामाङ्ग भएकै ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमै पुगेउ ! सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग ।