डिसी नेपाली समाज जनै पुर्णिमाको तयारीमा


प्रकाशित मिति : श्रावण २५, २०७३ मंगलबार

   
– विजय थापा 
 
वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ यस बर्षको जनैपूर्णिमा मनाउन तयारीमा जुटेको छ l संस्थाको तर्फ बाट सामाजिक संजाल मार्फत डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि निमंत्राना गरेको छ l यस बर्ष आगामी अगस्त १८ तारिख बिहिबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान ७ बजे देखि साँझ ७ सम्म चल्ने जनाएको छ l
 
गत बर्ष नेपालमा गएको बिनाशकारी महा भुकम्पमा परी ज्यान गुमाउनु भएका आत्माहरुको चीर शन्तिको कामना एबम् घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि शान्ति यज्ञ एबम् दीप प्रज्वलन समेत गरिएको थियो l 
 
सदा झैँ यस बर्ष पनि क्वाटी तथा फलाहार पनि खुवाउने व्यवस्था गरिने भएको जानकारी समाजका उपाधक्ष्य दधिराम ढुंगानाले दिएका छन् l यस पटक समेत छैठौ पटक जनै पुर्णिमा मनाउने हुँदा सधै झैँ नेपाली समुदायको बाक्लो उपस्थिति हुने कुरामा आफु बिस्वस्त रहेको जानकारी ढुंगानाले बताए l
 
डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनालले आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन तथा अन्य पूजा अर्चना गर्ने छन् l
 
 
डिसी नेपाली समाज, अमेरिका
नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।
Address : 14102 Wood Rock Way, Centreville VA, 20121
Date : August 18 2016 Thursday 
Time : 7:00 AM To 7:00 PM
For More Details: 571-438-5499

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com