आलिया तेलुगू फिल्ममा डेब्यू गर्दै, ‘बाहुबली’ निर्देशकको फिल्ममा फाइनल


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । एस.एस राजमौलीको फिल्म ‘आराअराअर’ मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् । राजमौलीले हालै मात्र चलचित्रका लागि कलाकार छनोटको काम सकाएका छन् ।

‘आराअराअर’को लागि राम चरण र जुनियर एनटिआर सुरुवातमा नै पक्का थिए । नायिकाको लागि भने बलिउडका धेरै नायिकाहरुलाई अफर गरिएको थियो । परिणिती चोपडादेखि नयाँ पुस्तामा जान्वी कपुरलाई समेत चलचित्रको अफर पुगेको थियो । तर, अन्त्यमा चलचित्रका लागि नायिका आलिया भट्ट राजी भएकी छिन् ।

आलिया राम चरणको जोडी भएर प्रस्तुत हुनेछिन् । चलचित्रको विषयबस्तु र राम्रो निर्देशक पाएकाले यो चलचित्रमा काम गर्न लागेको आलियाले बताएकी छिन् ।

बलिउडकी स्टार नायिका आलिया चलचित्रमा समावेश भएसँगै बलिउडमा अर्का स्टार पनि चलचित्रमा जोडिएका छन् । बलिउडमा राम्रो छाप बनाएका अजय देवगणलाई पनि दर्शकले आराअराअरमा देख्न पाउनेछन् ।उनले यो चलचित्रमा केमियो भूमिका निर्वाह गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com