बिल पारित भए न्युजर्सीमा मात्र सबा लाख कागजपत्रविहिनलाई ग्रिनकार्ड


प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

अमेरिकी प्रतिनिधिसभामा ल्याइएको ड्रिम एण्ड प्रमिस एक्ट पारित भएमा न्युजर्सीमा मात्र सबालाख कागजपत्रविहिनहरु लाभान्वित हुने भएका छन् । बिल पारित भएमा देशब्यापी रुपमा झण्डै २० लाख कागजपत्रविहिनलाई फाइदा पुग्नेछ ।

बाल्यकालमा अमेरिका आएका डाकाले समेटेकाहरु र टीपीएस प्राप्तहरुलाई ग्रिनकार्ड र अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्तावसहित सदनमा बिल ल्याइएको छ । प्रतिनिधिसभाबाट सहजै पारित हुने अनुमान गरिएको यो बिल रिपब्लिकनहरुको बहुमत रहेको सिनेटमा पारित हुने सम्भावना भने कम रहेको छ ।

न्युजर्सीका १२ जनामध्ये ८ जना प्रतिनिधिसभा सदस्यहरुले बिलको को स्पोन्सरका रुपमा हस्ताक्षर गरेका छन् । न्युजर्सीमामात्र झण्डै १४ हजार टीपीएस होल्डर र एकलाखभन्दा धेरै ड्रिमरहरु बस्दै आएको जनाइएको छ । जसमा कैयन नेपालीहरु समेत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com