मजदुर बोकेको बस दोलखामा दुर्घटना, २ जनाको मृत्यु ,२० घाइते


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो-११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका-१, लामाबगरको नयाँबाटोमा शुक्रबार बिहान करिब ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब २० मिटर तल गुल्टेको प्रहरीले जनाएको छ । सामान्य घाईतेमध्ये ५ जनाको सिंगटीमा र गम्भीर १५ जनालाई सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याइेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com