अमेरिकाको कोलोराडोमा भीषण चक्रवात, एकसय गाडी दुर्घटना, सयौं फसे


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

भीषण चक्रवातका कारण अमेरिकाको कोलोराडोमा बुधबार कम्तीमा एकसय गाडीहरु दुर्घटना भएका छन् । बम चक्रवातका कारण ११ सय भन्दा धेरै गाडीमा सवार व्यक्ति फसेका थिए ।

अत्यन्तै तीब्र गतिको हावा र भूमरीका कारण खतरनाक अवस्था सृजना भएको थियो । तर दुर्घटनामा कोही पनि गम्भीर घाइते भएको खबर प्राप्त भएको छैन ।

मौष मयति खराब भएको थियो कि प्रहरीहरुसमेत गाडीहरु छाडेर अन्यत्रै ओत लाग्नु परेको थियो । प्रहरीहरु गाडीहरु दुर्घटनाभएको स्थानमा पुग्न नसकेर आफ्नै गाडी छाडेर ज्यान जोगाउन भागेका थिए ।

कोलोराडोमा मौषमका कारण कम्तीमा एकलाख ८४ हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको थियो । टेक्सासमा ६९ हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको थियो । कोलोराडोको कतिपय स्थानमा दिउसोसम्म ९ इन्चसम्म हिमपात भएको थियो । प्रतिघण्टा ५० माइल भन्दा तीब्र गतिमा हावा समेत चलेको थियो ।

मौषममा आएको खराबीले बुधबार रातीसम्म कम्तिमा २ हजार उडानहरु रद्द भएका छन् । डेनभरमा ८ इन्चसम्म हिमपात हुने मौषमविदको भनाई छ । कोलोराडोमा स्कुलहरु पनि बन्द भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com