जँचाउनुस्, मिर्गौला जोगाउनुस्


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

काम, काम, काम ! जति व्यस्त भए पनि समयसमयमा मिर्गौला जँचाउन नबिर्सनु होला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन । ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ । जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ ।

विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन । तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउनु हो । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

‘जब मिर्गौला बिग्रन्छ, तबमात्र स्याँ–स्याँ गर्दै अस्पताल आउने चलन छ’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मिर्गौला स्वस्थ राख्न सकिन्छ ।’

त्रिवि शिक्षण अस्पतालमा गत वर्ष झन्डै पाँच सय बिरामी मिर्गौला बिग्रेपछि जँचाउन पुगे । जसमध्ये ठूलो संख्याले डायलासिस गराइरहेका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्यासिंह शाहका अनुसार शिक्षण अस्पतालमा पाँच सय ५० जनाको मिर्गौला प्रत्यारोपण गरिएकोे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘लक्षण नदेखिए पनि सचेत भएर जँचाउने प्रवृत्ति छैन। अप्ठेरो भइसकेपछि मात्र हतारिँदै जँचाउने चलन धेरैमा छ’, उनले भनिन् । खुट्टा सुन्निन थाल्यो, बिहान उठ्दा आँखाको डिल सुन्निएको छ भने सजग हुनुपर्छ। ‘पिसाब धमिलो आउन थाल्यो र राति सुतिसकेपछि पनि पटकपटक पिसाब फेर्नुपर्छ भने तुरुन्तै मिर्गौला जँचाउनुपर्छ’, उनको सुझाव छ ।

मुटुले पम्प गर्ने २० प्रतिशत रगत मिर्गौलामा आउँछ। एक सय ७० ग्राम वजन हुने मिर्गौलाले १७ सय लिटर रगत शुद्धीकरण गर्छ । मिर्गौला बिग्रेको अवस्थामा रगत शुद्ध गर्ने कार्यमा अवरोध पुग्छ । मिर्गौलाको अवस्थाबारे थाहा पाउन रगतमा क्रियटिनिन र पिसाबमा एल्बुमिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com