प्लेन चढ्दा एक महिलाले आफ्नो बच्चा एयरपोर्टमै छोडेपछि फर्कियो प्लेन


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

साउदी अरबबाट मलेसियाको लागि उडेको प्लेनमा यात्रारत एक महिलाले प्लेन उडिसकेपछि आफ्नो बच्चाहरु एयरपोर्ट छोडीएको बताईन् । उनले प्लेन फर्काउन आग्रह गरिन् । यस सम्बन्धि भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

गल्फ न्युजका अनुसार, ती महिलाले आफ्नो सानो छोरालाई दिदिसंग छोडेकी थिइन् । दिदी पनि सानो उमेरकै भएका कारण दुवै जना टर्मिनलको गलत बसमा चढे । तर, आमाले भने आफ्ना छोराछोरी प्लेनमा नभएको कुरा प्लेन उडेपछि मात्र चाल पाईन् ।

केही छिनको छलफल र प्रक्रिया पछि प्लेन फेरी साउदी अरब नै फर्कियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com