एकाबिहानै नोट बोकेर नेता ज्यु ढोकामा उभिए पछि….


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

बुटवल उपमहानगरपालिकाका जन प्रतिनिधिहरु अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बुझाउन घरघरमै पुगेकाछन् । उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै असक्त र ८० वर्ष उमेर समूहभन्दा माथिका नागरिकहरुलाई घरमै पुगेर भत्ता प्रदान गरिँदै आएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं। १ ले वडामा रहेका असक्त तथा ज्येष्ठ नागरिकहरुलाई आज घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले पुरानो बुटवल स्थित नारायणथान टोलकी एकसय चार वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई सुरक्षा भत्ता हस्तान्तरण गर्दै कार्यक्रमको शुरु गरेका थिए । ४ महिनाको आठ हजार रुपैयाँ नगद रकम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । लिगलले वडाका चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ जनालाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका थिए ।

वडा अध्यक्ष लिगलसहित वडा सदस्यहरु मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता बितरण गरेका थिए ।
घरमै भत्ता बोकेर जनप्रतिनिधिहरु आएपछि स्थानीयबासीहरु निकै खुसी भएका छन् । उनीहरुले बल्ल सरकार भएको महसुस गरेको समेत प्रतिक्रिया दिएका छन् । सरकार भेटे जस्तै अनुभुति भएको भत्ता बुझेपछि स्थानीय चन्द्रमान शाक्यले बताए । नगरका १९ वटै वार्डमा घरघरमा भत्ता बितरणको कार्य भएको वडा अध्यक्ष लिगलले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com