उत्तरपूर्वी जापानमा महा–भूकम्पको आठ बर्ष


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

मार्च ११ मा उत्तरपूर्वी जापानमा भूकमप गएको आठ वर्ष पुग्यो । फुकुशिमा दाइचि केन्द्र्रमा आणविक दुर्घटना निम्त्याएको सो भूकम्पलाई जापानको शक्तिशाली भूकम्पका रुपमा लिइन्छ । सन् २०११ को मार्च ११ मा उत्तरपूर्वी तोहोकु क्षेत्रमा ९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पछि आएको १० मिटरभन्दा उच्च सुनामीले तोहोकु र कान्तो क्षेत्रलाई प्रभावित पारेको थियो । जापानको राष्ट्रिय प्रहरी संस्थाका अनुसार सन् २०११ को विपत्तिबाट कम्तिमा पनि २२ हजार १ सय ३१ जनाको ज्यान गएको छ ।

प्रभावित क्षेत्रमा धेरै समस्याहरु अझै पनि समाधान भएका छैनन् । यहाँको क्षेत्रीय जनसङ्ख्या घट्दै गएको छ भने वृद्ध जनसङख्याहरु एक्लो जीवन बिताउन बाध्य छन् । फुकुशिमा प्रिफेक्चरका ७ महानगरपालिकामा अझै पनि निषेधित क्षेत्रहरु छन् । यस क्षेत्रका ५१ हजार ७ सय ७८ जना अझै पनि देशका विभिन्न स्थानमा विस्थापितका रुपमा रहँदै आएको फेबु्रुअरीमा पुर्निर्मिाण संस्थाले गरेको सर्वेक्षणले देखाएको छ । विस्थापितको संख्या क्रमशः घट्दै गएको भएपनि विस्थापित अवधि भने लम्बिँदै गएको छ ।

सो भूकम्पमा फुकुशिमा दाइचि केन्द्रमा ठूलो आणविक दुर्घटना भएको थियो र त्यसयता यो पूर्णतयाः बन्द छ । यस आणविक केन्द्रको सुधार र मूल्याङ्कन भइरहेको र सन् २०२१ बाट यसलाई सञ्चालनमा ल्याउने प्रयासहरु भइरहेको बताइएको छ ।

आज जापानका विभिन्न स्थानहरुमा सो भूकम्प तथा सुनामीमा मृत्युवरण गरेका आत्माहरुको चिर शान्तीको कामना गर्दै प्रार्थना सभाहरु आयोजना गरिएका थिए । मार्च ११ का दिन भुकम्प गएको समय दिउँसो २ः४५ बजेको समयमा हरेक बर्ष प्रार्थना गर्ने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com