विश्वमै असुरक्षित र खराब बिमानको सुचीमा नेपाल एयरलाइन्स


प्रकाशित मिति : पुस २५, २०७३ सोमबार

विश्वका विमानहरुको बारेमा गरिएको एक सर्वेक्षणले नेपाल बायु सेवा निगमको विमानलाई विश्वकै असुरक्षित र खराब बिमानको सुचीमा राखेको छ । विश्वका विमानको लेखाजोखा राख्दै र सर्वेक्षण गर्दै आएको एयरलाइन्सरेटिङ कम्पनीले नेपाल एयरलाइन्सलाई विश्वका असुरक्षित र खराब विमानको सुचीमा राखेको छ ।

विश्वका ४२५ वटा एयरलाइन्सहरुमध्ये सबैभन्दा खराबको सुचीमा १० वटा एयरलाइन्सलाई राखिएको छ । जसमा नेपाल लगायत इन्डोनेशिया, अफगानिस्तान र सुरिनामका विमानहरु रहेका छन् । यी देशका विमानहरुले ७ स्टारमा जम्मा एकस्टार प्राप्त गरेका छन् ।

सर्वेक्षणमा विश्वका २० वटा विमानहरुलाई सबैभन्दा सुरक्षित र राम्रा विमानको सुचीमा राखिएको छ । विश्वका २० वटा सुरक्षित र राम्रा विमानको सुचीमा एयर न्युजिल्याण्ड, अलास्का एयरलाइन्स, अल निपोन एयरवेज, ब्रिटिस एयरवेज, क्याथे प्यासेफिक एयरवेज, डेल्टा, इतिहाट, इभीए एयर, फिनएयर, हवाइयनएयर, जापान एयरलाइन्स, केएलएम, लुफथान्सा, स्क्यान्डिनाभियन, सिंगापुर एयरलाइन्स, स्वीस, युनाइटेड एयरलाइन्स, भर्जिन एटलान्टिक र भर्जिन अष्ट्रेलिया रहेका छन् ।

विस्तृत सुची हेर्न यहाँ क्लिक गर्नुहोला

सन् २०१७ का लागि एयरलाइन्स अफ द इयरको अवार्ड एयर न्युजिल्याण्डले पाएको छ भने बेष्ट बिजनेश क्लास भर्जिन अष्ट्रेलियाले । बेष्ट इकोनोमी सिंगापुर एयरलाइन्सले र बेष्ट फस्ट क्लास इतिहाट एयरवेजले पाएको छ । विमानभित्र राम्रो मनारञ्जनको व्यवस्था गरेकोमा त्यो अवार्ड इमिरेट्सले प्राप्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com