त्रिशूली खोलाको ताजा माछा भन्दै बेचेर घर खर्चको जोहो गर्दै


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

पृथ्वी राजमार्गस्थित धादिङको इच्छाकामना गाउँपालिका, मोवाखोलामा माछा बेच्न बसेका नाबालक । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुहरु उनका ग्राहक हुन् ।

त्रिशूली खोलाको ताजा माछा भनेर बेच्दै उनले घर गर्जो टार्न सहयोग गर्ने गरेका छन् । उनका घरका अभिभावकले माछा मारेर ल्याएपछि उनी बन्दव्यापारमा राजमार्गमा निस्कने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com