जापानमा मोबाइल फोनको शुल्क घटाउने प्रस्ताव पारित


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

जापानमा मोबाइल फोनको सेवा शुल्क घटाउने प्रस्ताव पारित भएको छ । अन्य राष्ट्रको तुलनामा जापानी मोबाइल फोनको शुल्क अत्यन्तै बढी रहेको भन्दै सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री सिञ्जो आवेको क्याबिनेटले यो प्रस्ताव स्विकृत गरेको हो । दूरसञ्चार व्यवसायसम्बन्धी कानूनको संसोधन गर्न पेश गरिएको प्रस्तावमा फोन र कनेक्शन दुवैको शुल्क समावेश हुने खालका योजना बनाउन कम्पनीहरुलाई रोक लगाउने छ ।

हाल जापानी क्यारियरहरुले उपकरण खरिदको सूहलियतको साटफेरका लागि डाटा प्रयोगमा बढी शुल्क लगाउँदै आएका छन् । अब भने उनीहरुले डाटा र उपकरणको छुट्टा छुट्टै शुल्क लिनुपर्ने भएको छ । यसले प्रयोगकर्तालाई सेवासम्बन्धी तुलनात्मक अध्ययन गर्न सजिलो बनाउँछ भने प्रतिस्पर्धा बढाएर शुल्क घटाउन पनि सहयोग गर्ने सञ्चार मन्त्री मारातोसी इशिदाले बताएका छन् । जापानका प्रमुख क्यारियरमध्ये दुई ओटा सफ्टबैङ्क कर्पोरेशन र केडीडीआई कर्पोरेशनले आफूले नयाँ नियमको पालना गर्न थालिसकेको बताएका छन् भने एनटीटी डोकोमो इङ्कले भने छिट्टै नै यसको पालना गर्न थाल्ने बताएको छ ।

जापानको ६० प्रतिशतभन्दा बढीसँग स्मार्टफोन रहेको र यसमा टयाब्लेट र अन्य उपकरण पनि समावेश गर्ने हो भने यो संख्या ८ प्रतिशतमा पुग्ने बताइएको छ । सन् २०१७ मा जापानी घरपरिवारले मोबाइल शुल्कमा औसत १ लाख २ सय ५० येन खर्च गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । विश्वका अन्य राष्ट्रको तुलनामा जापानको मोबाइल शुल्क धेरै छ । टोकियोमा मासिक २० गिगाबाइट डाटा प्रयोग गर्न ७ हजार येन लाग्छ । यो न्यूयोर्क, लण्डन र सोल लगायतका शहरको तुलनामा सबैभन्दा बढी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com