अमेरिकाका सरकारी कलर आईडी नै प्रयोग गरेर ठगहरु सकृय


प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार

अमेरिकामा सरकारी टेलिफोनका कलर आइडीहरु चोरेर ठगहरु सकृय रहेको भन्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसले सचेत गराएको छ । ठगहरुले गर्ने यस्ता फोन आउँदा कलर आइडीमा सरकारी फोन नम्बर देखिने र मान्छेहरु सरकारी निकायबाटै फोन आएको भनेर झुक्किने गरेका छन् ।

ठगहरुले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका फोन नम्बरहरु फोन प्राप्तकर्ताको मोबाइलमा डिस्प्ले हुनेगरी फोन गर्ने गरेको जनाइएको छ । अमेरिकाभर जुनसुकै स्थानमा रहेकाहरुलाई पनि उनीहरुले निशानामा पार्दै आएका छन् ।

ठगहरुले फोन गर्दा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आधिकारिक फोन नम्बर २०२ २८२ ८००० नै फोनप्राप्तकर्ताको मोबाइलमा डिस्प्ले हुने गरेको छ । त्यस्तै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सिभिल राइट एण्ड सिभिल लिबर्टीको फोन नम्बर २०२ ४०१ १४७४ पनि फोनप्राप्त कर्ताको मोबाइलमा डिस्प्ले हुने गरेको छ ।

ठगहरुले विभिन्न बहाना बनाएर तर्साउदै ठग्ने तथा परिचय खुल्ने कागजात माग्ने गरेकाले सचेत रहन अमेरिकी सरकारले आग्रह गरेको छ । आफूलाई अध्यागमन अधिकारी बताउँदै रकम नतिरे पक्राउ गर्ने जस्ता धम्की दिदै ठगहरुले रकम असुल्ने गरेका छन् । त्यस्तै युएससीआईएस डट ओआरजी एक्सटेन्सन भएका इमेल प्रयोग गरेर समेत ठगहरु सकृय छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसले यस्ता नम्बरबाट आएका फोनमा कुनै व्यक्तिगत जानकारी उपलब्ध नगराउन सचेत गराएको छ । कसैले आफू ठगिएको जस्तो वा ठगहरुले फोन गरेको जस्तो लागेको खण्डमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसको हटलाइन नम्बर ८०० ३२३ ८६०३ मा सम्पर्क गर्न वा वेवसाइटबाट उजुरी गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com