मधेश अलग गर्ने भारतीय षड्यन्त्र भीम रावलले पत्ता लगाए (विस्तृत विवरण)


प्रकाशित मिति : पुस २४, २०७३ आईतबार

देशभित्र संविधान संशोधन प्रस्तावमाथि सत्तापक्ष र प्रतिपक्षबीच चर्को विवाद भइरहेका बेला भारतलको पटनामा भारतीय खुफिया एजेन्सी रअको पहलमा मधेशमा सशस्त्र संघर्ष गरेर मधेश टुक्राउने योजना बनेको प्रमुख प्रतिपक्षी दलले पत्ता लगाएको छ  । गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा एमाले उपाध्यक्ष भीम रावलले गम्भीरतापूर्वक मधेशमा सशस्त्र संघर्ष गर्ने पटना बैठकको सविस्तार जानकारी गराएका थिए ।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ५ वटा दलका दुई दुई जना नेताहरु सहभागी बैठकमा रावलले भने केही दिन अघि भारतको पटनामा तराईमा सक्रिय सबै सशस्त्र समूह र मधेशवादी भनिने दलका प्रतिनिधिहरु तथा भारतीय खुफिया एजेन्सी रअका अधिकारीको उपस्थितिमा एउटा बैठक भएको छ । त्यो बैठकले आगामी ०७४ जेठ देखि तराईमा सशस्त्र संघर्ष गर्ने र मधेशलाई अलग गर्ने उद्धेश्य राखेको बुझिएको छ ।

स्रोतका अनुसार रावलको ब्रिफिङपछि अरु के के तथ्य छन् भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले सोधेका थिए । जबाफमा रावलले विस्तृत सूचना आउने क्रम जारी छ । मुख्यत सरकारले आफ्नो संयन्त्रमार्फत यस कुराको अनुसन्धान गरेर मुख्य दलहरुलाई जानकारी गराउनु पर्ने कतव्र्य हुन आउंछ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तर्फ प्रश्न गरेका थिए ।

रावलले राष्ट्रपतिको उपस्थितिमा मुख्य दलका मुख्य नेताहरु भएको बैठकमा गम्भीरतापूर्वक त्यो देशविरोधी षडयन्त्रको कुरा गरिरहंदा पनि सत्तापक्ष भने गम्भीर देखिएन स्रोतले भन्यो । रावल बोलिसकेपछि प्रधानमन्त्री दाहालले पनि रावललाई डिटेल के के जानकारी छ दिनुहोला नि सम्म भनेको स्रोतले एबीसीसंग बतायो ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलले आयोजना गरेको सभामा पनि एमाले अध्यक्ष केपी ओलीले जुवाको खालमा तासको खेल हुन्छ तर हारजीत सम्पत्तिको हुन्छ, कसैले तास लिएर त जांदैन नि भन्दै संविधान संशोधन प्रस्ताव पारित भएमा मधेश हारिन सक्ने चेतावनी दिएका थिए ।

एमालेले बुंदागत रुपमा अहिले संसदमा टेबुल हुन समेत नसकेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको बताइरहेको छ । त्यतिमात्र होइन कुनैबेला राष्ट्रवादको नाममा खाल्डा खन्ने नेता प्रधानमन्त्री भएका बेलामा राष्ट्रघाती कलंक नबोक्न समेत एमाले अध्यक्ष ओलीले चेतावनी दिइरहेका छन् ।

संशोधन प्रस्तावप्रति मधेशवादी दलहरुको रबैया, भारतीय चाहना र देशभित्र उत्पन्न गन्जागोल स्थितिले देशविरोधी षडयन्त्रको गन्ध सर्वत्र महसुस हुनथालेका व्यापक चर्चा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com