एकसयवटा सकृय तत्वहरु पाइने गाँजा दर्जनौं रोगमा फाइदाजनक, के छ हारभर्डको रिसर्चमा?


प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार

green and brown plant on white surface

अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् । अमेरिकाका अधिकांश राज्यहरुमा मेडिकल प्रयोजनका लागि गाँजाको प्रयोग वैध मानिन्छ ।

एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।

अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।

rectangular brown wooden tray filled with tea
Photo by Kimzy Nanney

अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।

नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।

त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।

यो लेखको मुल स्वरुप हारभर्ड विश्वविद्यालयको वेवसाइटमा पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com