पूर्व अर्थमन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धुम्बाराहीमा


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो ।

२०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौ महिने अल्पमतको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । अधिकारीको शव आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com