अपडेट : हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै यात्रुको निधन


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ ।

दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे सवार रहेका थिए ।

हेलिकप्टरमा सवार भनिएका विरेन्द्र बूढाथोकी भने विमानमा सवार नरहेको प्रारम्भिक जानकारी आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com