देश समृद्धिको नयाँ युगमा प्रवेश ग-यो : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माणको काम गरेको भन्दै अब विकासले गति लिने बताउनुभयो ।

उहाँले अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने दाबी गर्नुभयो । “यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको आकाङ्क्षा पूरा हुने गरी ल्याउँनेछौँ ।”

सरकारले ल्याउने आगामी आवकोे बजेटमार्फत पार्टीको चुनावी घोषणापत्रअनुसार वृद्धाभत्ता बढाउनेमा आफूहरु प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । “नेपाली जनताले आफ्नै सरकारको अनुभूति गर्ने गरी काम गर्न नसकेको सत्य हो, तर अब त्यसो हुँदैन”, उहाँले भन्नुभयो, “अब ल्याउने नयाँ कार्यक्रममा जनताका महत्वकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।”

पूर्वाधार विकासका निम्ति योजना बनाउने धेरै राम्रा काम सरकारले अघि बढाएको बताउँदै अध्यक्ष दाहालले केही कमी कमजोरीका बाबजुद पनि बिस्तारै विकासको कामले गति लिएको उल्लेख गर्नुभयो । “दुई तिहाइको सरकारले भष्ट्राचार अन्त्य गरिहाल्ला, विकासका काम तुरुन्त अघि बढाउला भन्ने जनतामा तीव्र चाहना थियो, ती कामहरु छिटो छिटो हुन नसकेको हामीले पनि अनुभूति गरेका छौँ,” उहाँले भन्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अध्यक्ष दाहालले सरकारले बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम घोषणा गरिसकेको भन्दै त्यसबाट जनतामा बिस्तारै आशा पलाउँदै गएको बताउनुभयो । “यस्ता खालका कार्यक्रमले जनतामा उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “परिवर्तन एकै पटकमा भइहाल्ने होइन निराश हुनुपर्ने अवस्था छैन ।”

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २४आँै स्मृतिसभामा समेत सहभागी हुन गोरखा पुग्नुभएका अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अझै केही काम गर्न बाँकी रहेको बताउनुभयो । “बेपत्ता र शहीद परिवारलाई परिचयपत्र, रोजगारी राज्यले उपलब्ध गराउन नसक्दासम्म शान्तिप्रक्रियाले पूर्णता पाएको मानिँदैन, सरकार त्यही प्रक्रियालाई पूरा गर्न लागिरहेको छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले जनयुद्धभन्दा पनि अहिलेको राजनीतिक युद्ध बढी चुनौतीपूर्ण रहेको बताउँदै नेकपाले नेपाली राजनीतिलाई नयाँ चरणमा अघि बढाएको उल्लेख गर्नुभयो । “अहिलेको राजनीति युद्धभन्दा कम छैन”, उहाँले भन्नुभयो, “नेकपा र वर्तमान सरकारले त्यसलाई सचेत ढङ्गले अघि बढाइरहेको छ ।” उहाँले नेपाली राजनीतिले सबै घेरालाई तोडेर संविधान निर्माण गरेको भन्दै अब विकास र समृद्धिका पनि जस्तोसुकै चुनौतीको समाना गर्न तयार रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com