नक्कली सहसचिवले ३५ हजार नतिरेपछि बाहिर आयो यस्तो रहस्य


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

इलामका सन्देश रम्तेल निजी गाडी भाडामा लिएर त्यसमा सेतो प्लेट हाली प्रहरीको स्कर्टिङसमेत लिएर पोखरा आइपुगेका थिए । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कर्पियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

नक्कली सहसचिव घटना भने होेटलको ३५ हजार बिल नतिरेपछि मात्रै सार्वजनिक भयो र उनलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । उनी पोखराको लेकसाइडस्थित तेन्जिङ हिलारी होटलमा बसेका थिए । सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए । होटलको बिल तिर्ने बेलामा पनि रम्तेलले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले खातामा हालिदिने भन्दै उम्कन खोजेका थिए । तर, होटल मालिकले प्रहरीलाई खबर गरे र उनी पक्राउ परेका हुन् ।

रम्तेलले आफूलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भनेर चिनाउँदै आएका थिए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याए ।

उनले देखाएको परिचयपत्र पनि नक्कली भएको खुलेको छ । रम्तेलले परिचयपत्र वीरगञ्जमा बनाएका थिए । उनको बयानअनुसार तनहुँमा प्रहरीले स्कर्टिङसमेत गरेको थियो । १०० नम्बरमा फोन हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । उनी पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पनि पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यतिमात्र होइन, उनले पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपनसमेत लिएका थिए । उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भनेर झुक्याएको र महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com