कृत्रिम गर्भाधानबाट शिशु जन्माए पनि बाबुको हैसियत ‘वैवाहिक’ हुने
प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

कृत्रिम गर्भाधानबाट शिशु जन्माए पनि बाबुको हैसियत ‘वैवाहिक’ हुने कानुन बनाइँदैछ।सरकारले प्रमाण ऐन २०३१ मा संशोधनमार्फत नयाँ मान्यता स्थापित गर्न लागेको छ।
ऐन संशोधन भए टेस्टट्युब प्रविधिबाट बच्चा जन्माए पनि यस्ता महिलाका पतिले जैविक बाबुसरह मान्यता पाउनेछन्।‘पति र पत्नीको मञ्जुरीले कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको हो भनी अदालतले अनुमान गर्नेछ,’ दफा ६ संशोधन गरी थपिएको खण्ड घ ९१० मा भनिएको छ।
यसअघि उक्त दफामा विवाह भएको मितिदेखि १ सय ८० दिनपछि जन्मिएको शिशुलाई विवाहित पतिबाट जन्मिएको अनुमान गरिने व्यवस्था थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।